Logo
Logo

सुदूरपश्चिम इन्चार्जबारे कुनै निर्णय नभएको भीम रावलकाे दावी



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश इन्चार्जबारे कुनै निर्णय नभएको दावी गरेका छन् । बिहीबार अछाममा आयोजित एमाले जिल्ला कमिटीको बैठकमा उपाध्यक्ष रावलले प्रदेश इन्चार्ज तोक्ने विषयमा कुनै निर्णय नभएको बताएका हुन. ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘अध्यक्ष कमरेडले मलाई सुदूरपश्चिममा तपाईलाई समस्या भए पार्टी उपाध्यक्षकै हैसियतमा संयोजन गर्नुस्,’ रावलले बालकोट वार्ता स्मरण गर्दै भने, ‘कर्ण थापा र लेखराज भट्टलाई परिचालन गर्नुस् । पालिकाबाट पनि समस्या समाधान गर्दै आउनुस् । विवाद भएको ठाउँमा हामी कुरा गरौँला ।’

उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न आफ्नो संयोजकत्वमा थापा र भट्ट रहनेगरि समिति गठन गरेको भएपनि इञ्चार्जको बिषयमा भने ठोस कुरा नभएको दावी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्