Logo
Logo

प्रदेश १ अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने



मोरङ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । बुधबार प्रदेश सरकारले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई गरेको सिफारिस अनुसार प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आगामी असोज २२ मा बस्ने भएको हो ।

असोज २२ गते दिउँसो २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । सोही बैठकमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने छन् ।

नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् । नेकपा एमालेका ५१ सांसद मध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि अल्पमतमा परेका आचार्यको पक्षमा ४१ सांसद छन् ।

विश्वासको मत पाउन आचार्यलाई ६ मत आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्