Logo
Logo

माधव नेपालकाे पार्टीमा मतभेद सुरू भएकाे भीम रावलकाे दावी



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष भीम रावलले माधव नेपाल नेतृत्वको पार्टीमा मतभेद सुरु भइसकेको दावी गरेका छन् । गृहजिल्ला अछाम पुगेका रावलले एमाले अछामको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री को भन्ने विषयलाई लिएर नेपालको पार्टीमा मतभेद सुरु भएको बताएका हुन् ।

उनले भने,‘माधव नेपालको पार्टीमा मतभेद सुरु भइसक्यो। त्यहाँ मन्त्री बन्नका लागि हानथाप छ,’ ।

उनले भौतिक तथा योजना मन्त्रालय लिन पनि सत्तारुढ दलबीच मतभेद रहेको बताए । उनले भने, ‘दुई महिना बितिसक्यो सरकारले पूर्णता पाएको छैन। भौतिक तथा योजना मन्त्रालय अन्तरगत सडक, खानेपानी, सिचाई हुने, ठेक्का र कमिसन बढी आउने भएकाले त्यो मन्त्रालय कसले लिने भनेर मारामार छ । सरकारले पूर्णता पाउन त छाटकाट छैन ।’

एमाले तत्कालीन नेता माधव नेपाललाई अलग पार्टी खोल्न आग्रह नगरेको र कतै नभनेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्