Logo
Logo

भौतिक उपस्थितिमा पठनपाठन गर्न प्रशासनकाे रोकदेखि शेयर बजारमा पहिरोसम्म



हेडलाइन्स् :

१. जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने आदेश जारी, पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने, कोरोना संक्रमण कायमै रहेको भन्दै चाडपर्वहरुमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह ।

२. कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भेटे एमाले अध्यक्ष केपी शर्मा ओली, संसदको गतिरोध अन्त्य गर्न ओलीलाई आग्रह, ४ असोजमा बस्ने संसद बैठकमा बजेट पास गर्न दिन आग्रह, अन्य काम गर्न सक्ने सरकारले बजेट पास गर्न एमालेका कारण नसकेको भन्दै आरोप लगाउनु गलत भएको ओलीको भनाइ ।

३.सत्ता गठबन्धनमा आफूहरुले दुई मुख्यमन्त्री र दुईजना प्रदेश प्रमुख पाउने सहमति भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी, संघीय सरकारमा पनि एक साताभित्र मन्त्रिपरिषद् विस्तार भइसक्ने भन्दै आफ्नो तर्फबाट कुनै बाधा नरहेको दावी, एमालेका तेस्रो धारसँग विद्रोह गर्ने आँट नभएको नेपालको आरोप ।

४. माधव नेपालको आवश्यकता अब पार्टीलाई नरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको दावी, माधव नेपालले लिएको बाटो गलत भएको भन्दै एमालेमै फर्किन आग्रह गरेपनि औचित्य नरहेको ओलीको भनाइ, प्रचण्ड–माधवको दक्षिणपन्थी विसर्जन भएको रामबहादुर थापाको दावी, एमाले फेरि जनादेशका साथ आउनेमा ढुक्क हुन कार्यकर्तालाई सुझाव, एकीकृत समाजवादीमा गएका नेता÷कार्यकर्तालाई पार्टीमा फर्कन नेतृत्वको आग्रह ।

५. प्रदेश १ को प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन असोज २२ गते आह्वान, प्रदेश १ सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले असोज २२ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान, हिउँदे अधिवेशनमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिने, विश्वसको मत प्राप्त गर्न मुख्यमन्त्री आचार्यलाई ४६ प्रदेश सांसदको मत आवश्यक, आफूले काम गर्न सरकारको नेतृत्व गरेकोले जनताको काम गर्ने पक्षमा रहेका प्रदेश सांसदहरुले विश्वासको मत दिने मुख्यमन्त्रीको विश्वास ।

६. लुम्बिनी प्रदेशसभाको बैठक शुरू भएलगत्तै नेकपा एमालेले बैठक अवरुद्ध , नेकपा एमालेले कारवाही गरेका प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडानपछि बैठक आगामी असोज ७ गते बस्ने गरी स्थगित ।

७. नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो, बिहीबार थप ११ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा १ हजार ५ सय ११ जना कोरोना संक्रमित थपिए, पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८९ जना संक्रमित निको भए, हाल देशभर २५ हजार ७ सय ७२ जना सक्रिय संक्रमित, क्वारेन्टिनमा २ सय २० जना र आइसोलेसनमा रहनेको संख्या २५ हजार ७ सय ७२ पुग्यो ।

८. नेप्सेमा ७६ अंकको गिरावट, उपसमूहका सबै सूचक रातो, असोज १ गते देखि ३ गते आइतबारसम्म नेप्सेको सिस्टमा नचल्ने, अरुण भ्याली हाइड्रोपावरले १० प्रतिशत बोनशपछि ५० प्रतिशत हकप्रद जारी गर्ने, गभर्नर र अर्थमन्त्रीको राजीनामा मागसहित लगानीकर्ताले सुरु गरे आमरण अनसन, ब्याज बढाएकै दिन बैंकहरुले दुई शीर्षकमा १० अर्ब ९ करोड उठाए, दुई महिनामा ३५२ अर्ब एसएलएफ, मासिक ३०० रुपैयाँसम्म इन्टरनेटको शुल्क बढाउने आइस्पानको निर्णय, आइएमईले ल्यायो दसैं अफर, पैसा पठाएको रकमको आठ गुणा बढी पुरस्कार पाउने

९. विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत, एएफसी महिला एशियन कपको छनोट खेल अबसरको रुपमा लिएको नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक ग्यारी फिलिप्सको भनाइ, अमेरिकाविरुद्ध लगातार जितको लक्ष्यमा नेपाल, सन्दिप पुर्ण रुपमा फिट, बार्सिलोनालाई एकपछि अर्को धक्का, दुई महत्वपुर्ण खेलाडी चोटग्रस्त, कोहलीले छाडे टी–ट्वान्टीको कप्तानी ।

१०.र, चीनमा ६ म्याग्निच्युडको भूकम्पः दुईको मृत्यु, ६० बढी घाइते, युरोपेली संघले गरीब देशहरुलाई थप २० करोड डोज कोरोना खोप सहयोग गर्ने, चीनको बढ्दो प्रभाव रोक्न अमेरिका, बेलायत र अष्ट्रेलियाको मोर्चाबन्दी ।

China earthquake: Toll nears 600 amid flood fears - BBC News

प्रतिक्रिया दिनुहोस्