Logo
Logo

नेकपा (एस)को केन्द्रीय कार्यालय आलोकनगरमा



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा रहने भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगर (तीनकुने पुलको दक्षिणतर्फ) कार्यालय रहने र शुक्रबारदेखि उक्त कार्यालय सञ्चालनमा आउने अध्यक्ष माधवकुमार नेपालले बताए ।

अध्यक्ष नेपालका अनुसार शुक्रबार बिहान १० बजेदेखि कार्यालय सञ्चालनमा आउनेछ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ आलोकनगरमा रहेको कार्यालय आज उद्घाटन गर्ने तयारी गरिएको छ । अध्यक्ष नेपालले उक्त कार्यालय शुभारम्भ गर्नेछन् ।

नेकपा एमालेबाट विभाजन भई नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्