Logo
Logo

चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज काठमाडौं ल्याइने



काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज काठमाडौंमा ल्याइदैछ ।

खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान गए राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको थियो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार खोप आज दिउँसो २ बजे काठमाडौं आइपुग्ने छ ।

चीनसँग खरिद गरिएको उक्त खोप आज दिउँसो काठमाडौं आइपुग्ने र केही दिनमा फेरि खोप अभियान शुरु गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले बताए ।

सरकारले ६० लाख डोज खोप खरिद गरेकोमा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ ।

सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्