एकीकृत समाजवादीले मुखपत्र र बुलेटिन प्रकाशन गर्ने « Drishti News – Nepalese News Portal
Logo

एकीकृत समाजवादीले मुखपत्र र बुलेटिन प्रकाशन गर्ने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आजदेखि स्थापना भएको छ । मिनभवनको आलोकनगरस्थित केन्द्रीय कार्यालयको एक समारोहबीच अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् । अध्यक्ष नेपालले रिबन काटेर पार्टी कार्यालयको उद्घाटन गरेका थिए ।

नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीले देशभर कार्यालय स्थापना गर्न सुरु गरेको छ । यसअघि विभिन्न जिल्लामा एकीकृत समाजवादीको कार्यालय स्थापना गरिसकिएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट गत भदौ ९ गते राजनीति दलको मान्यता पाएका थियो ।

केन्द्रीय कार्यालय स्थापनासँगै पार्टीको प्रचार प्रसारलाई तिव्रता दिने भएको छ । पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्