Logo
Logo

प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा शीर्ष नेताहरुसँग छलफलमा



काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिएको छ । सँगै महाधिवेशन लक्षित छलफलले तीब्रता पाएको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले नेताहरुसँग छलफल बढाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काबीच छलफल भएको छ । यसअघि नेता मिनेन्द्र रिजालले देउवासँग भेटवार्ता गरेका थिए । त्यस्तै विहीबार साँझ पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सभापति देउवासँग भेटवार्ता गरेका थिए ।

सभापति देउवाले नेताहरुसँग क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकी १३ जिल्लाका सन्दर्भमा छलफल छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्