Logo
Logo

चालू आर्थिक वर्षको बजेट रोकिँदैन : मन्त्री कार्की



विराटनगर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘बजेट रािकँदैन, राजनीतिक सहमतिका आधारमा बजेट कार्यान्वयन हुन्छ ।’

संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान हुने उनले विश्वास व्यक्त गरे । मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको पनि बताए । उनले ओलीसँग अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरिएको बताए ।

मुलुकमा दीगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक भएको बताउँदै उनले भने, ‘एमसिसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्न हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्