Logo
Logo

लोसपा संवद्ध युवाद्धारा काठमाडौंमा प्रदर्शन



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकटको लोकतान्त्रिक युवा संघले चीनद्धारा नेपालको भूमी मिचिएको विरोधमा विरोध प्रदर्शन गरेको छ ।

आज काठमाडौंको माइतीघरमा युवा संघले विरोध प्रदर्शन गरेको हो । नेपालको ७ जिल्लाको ११ ठाँउमा र करिब ४०० वर्ग किलोमिटर नेपाली भूमि चीनले अतिक्रमण गरेको आरोप युवा संघले लगाएको छ ।

यस्तै हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अविलम्ब फिर्ता हुनुपर्ने माग गरिएको नेता रन्जित निष्पक्षले बताए । नेपाल सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिकको गर्दै युवा संघले नेपाली भूमि अतिक्रम गर्न पाइदैन भन्दै नारावाजीसमेत गरेका छन् ।

युवा अध्यक्ष मुकेश झाको नेतृत्व विरोध प्रदर्शन गर्दै उनीहरुले नेपाली भूमि फिर्ताका लागि सरकारले पहल गर्नुपर्ने मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्