Logo
Logo

दृष्टिका १० हेडलाइन्स्ः एकीकृत समाजवादी सरकारमा सहभागीदेखि प्रदेश-१ का मुख्यमन्त्रीलाई चेतावनीसम्म



हेडलाइन्स्

१. सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा मन्त्रिपरिषद् विस्तार, नेकपा एकीकृत समाजवादीबाट तारा लामा आर्थिक मामिला तथा योजना मन्त्री र माया तामाङ बोहरा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बने, नवनियुक्त मन्त्री लामालाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले खुवाए सपथ ।

२. नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा स्थापना, पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल प्रकाशन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको भनाइ, तत्काल कुनै पनि पार्टीसँग एकता नगर्ने अध्यक्ष माधवकुमार नेपालको स्पष्टिकरण, नवीन सोंच र मान्यताका साथ नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ आयाम दिने प्रतिवद्धता, आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच नै चुनावी गठबन्धन गर्ने भनाइ ।


३. चीनबाट थप ४४ लाख डोज भेरोसेल खोपल आइपुग्यो, काठमाडौंमा भेरोसेलको दोस्रो डोज सोमबारदेखि लगाइने, पहिलो डोज लगाएकाहरुलाई ४ गतेदेखि ३ दिनसम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंको भनाइ, १० हिमाली जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका सबैलाई दिइने ।

४. विपक्षी गठनबन्धनद्वारा प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यलाई असोज ८ गतेसम्मको अल्टिमेटम, समय अवधिभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत नलिए अविश्वासको प्रस्ताव लैजाने नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा नेपालको तयारी, अल्पमतमा रहेका मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद विस्तार गरेपछि विपक्षी गठबन्धन थप सशंकित ।


५. खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन, उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खाने तेल–घिउ, आँँटा, स्यानिटाइजर, खसीबोकालगायत खाद्यवस्तु किन्न पाउने, चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत पसल सञ्चालन गरेको कम्पनीको भनाइ ।

६. शुक्रबार १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जना कोरोना संक्रमितको मृत्यु, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो, देशभर २६ हजार १५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको भनाइ ।

७. दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकका लागि १०/११ गतेदेखि अग्रिम टिकट खुलाइने, अग्रिम टिकट खुलाउनका लागि पटकपटक छलफल भइरहेकाले आउँदो सातासम्म निर्णय भइसक्ने विभागका प्रवक्ता डा. लोकनाथ भुसालको भनाइ, यात्रुलाई समयमै घर पुग्न समस्या हुन नदिने प्रवक्ता भुसालको प्रतिवद्धता, प्रदेश सरकार र स्थानीय तहद्वारा भाडा समायोजनमा ढिलाइ, जतिसक्दो चाँडो भाडादर समायोजन गर्नुपर्ने व्यवसायीको माग ।

८. चालू आर्थिक वर्षको बजेट नरोकिने कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ, राजनीतिक सहमतिका आधारमा बजेट कार्यान्वयन हुने विश्वास, मुलुकमा दीगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक भएको ठहर, एमसीसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्नु नहुने मन्त्री कार्कीको भनाइ ।

९. सहिद स्मारक ए–डिभिजन लिग र प्रदेश लिग संचालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई बागमती प्रदेश खेलकुद परिषदद्वारा एक करोड सहयोग, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीबीच सम्झौता पत्रमा हस्ताक्षर, ए डिभिजन लिगको ९१ खेलमा प्रत्यक खेल जित्ने टोलीलाई म्याच मनी स्वरूप ५० हजार रुपैयाँ प्रदान गरिने, बागमती प्रदेश लिग आयोजनाका लागि पनि परिषदले ५० लाख उपलब्ध गराउने ।

१०. तालिवानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारी, अफगानिस्तानसम्वन्धी विवाद कारण नेदरल्याण्डका रक्षा मन्त्री याङ्क बिलेभेल्डद्वारा राजीनामा, नाइजेरियामा भएको हवाई आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु, २३ जना घाइते, आक्रमणमा निर्दोष नागरिक बढी पिडित, बोको हराम र इस्लामिक स्टेटमा आवद्ध व्यक्तिहरूले आक्रमण गरेका आशंका ।

प्रतिक्रिया दिनुहोस्