Logo
Logo

दसैँका लागि १० असोजदेखि अग्रिम टिकट बुकिङ खुला



काठमाडौं । नेपालीको महान पर्व दसैँ मनाउन उपत्यका बाहिर जानेहरुका लागि यही १० असोजबाटत अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

फाइल तस्बिर

यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुल्ला गराउने प्रस्ताव गरेका थिए । भाडा नबढेसम्म बुकिङ खुल्ला नगर्ने अडान लिएपनि यात्रुको सहजतालाई ध्यानमा राख्दै बुकिङ खुल्ला गर्ने निर्णय गरेको सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले बताए ।

प्रदेश सरकारले बढेको भाडा कार्यान्वयन गर्न ढिलाइ गरेपनि दसैंमा २८ प्रतिशत भाडा बढाएर लिन पाउनुपर्ने माग आफूहरूले राखेको उनको भनाइ छ ।

उनले अरनिको राजमार्गमा चल्ने सवारीका लागि ट्राफिक प्रहरी कार्यालय तिनकुनेदेखि बालकोटसम्मको करिडोरमा गाडी राख्ने व्यवस्था मिलाउनसमेत महासंघले आग्रह गरेको गरेको छ ।

प्रतिक्रिया दिनुहोस्