Logo
Logo

एक हजार ६६ संक्रमित थपिए, १६ जनाको मृत्यु



काठमाडौं । नेपालमा शनिबार एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ३८५ नमुना परीक्षण गर्दा एक हजार ६६ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ८३५ र एन्टिजेनबाट २३१ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ८ हजार ५४० जनाको पीसीआर र २ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ ।

त्यस्तै सोही अवधिमा १ हजार २३४ जना संक्रमणमुक्त भएका छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर २५ हजार ८२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्