Logo
Logo

आजबाट आइपीएलको बाँकी खेल, चेन्नाई र मुम्बई भिड्दै



काठमाडौं । आजदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १४औं संस्करणका बाँकी खेलहरु सुरु हुँदैछ ।

युएईमा आजबाट भारतमा कोरोनाभाइरस महामारीले गर्दा बीचमै स्थगित भएको आइपीएल २०२१ को बाँकी खेल सुरु लागेको हो ।

भारतमा २९ खेल भएपछि गत मेमा केही खेलाडीलाई कोभिड(१९ संक्रमण भएपछि बीचमै स्थगित गरिएको थियो ।

दुबईस्थित दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा आज दुई पूर्व विजेता चेन्नाई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

यसअघि पहिलो लेगको खेलमा मुम्बईले चेन्नाईलाई ४ विकेटले हराएको थियो । चेन्नई ७ खेलबाट १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अंकसहित चौथो स्थानमा छ ।

दिल्ली क्यापिटल्स ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । आइपीएलको फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्