Logo
Logo

संविधानको पूर्ण कार्यान्वयन अपरिहार्य छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले आज सातौं संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम गर्दै समृद्धिको लक्ष्य हासिल गरिने बताए ।

‘समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण पालना र कार्यान्वयन अपरिहार्य छ,’ प्रधानमन्त्री देउवाले भने, संविधान जारी भएको दिन नेपालीको विशिष्ट पर्व भएको पनि भएको देउवाको भनाई छ ।

देउवाले चैतभित्र सबै नेपालीलाई निस्शुल्क रूपमा कोरोना खोप लगाइने बताए । उनले संविधानको रक्षा र कार्यान्वयनमा प्रतिवद्ध रहेको पनि बताएका छन् ।

‘संविधानको सफल कार्यान्वयनबाट समृद्धि कायम गर्नु साझा संकल्प हो,’ उनले भने। उनले इमान्दारीतापूर्वक काम गर्न प्रतिवद्ध रहेको पनि बताए। संविधान कार्यान्वयन गर्न संवाद, सहमति र सहकार्यबाटै संविधान कार्यान्वयन गर्न आवश्यक कानुन बनाइने पनि बताए।

प्रतिक्रिया दिनुहोस्