अमेरिकी विदेशमन्त्री एन्थोनीद्वारा नेपालीलाई शुभकामना « Drishti News – Nepalese News Portal
Logo

अमेरिकी विदेशमन्त्री एन्थोनीद्वारा नेपालीलाई शुभकामना


दृष्टि संवाददाता


वासिंगटन । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढतालाई मजबुत बनाएको बताएका छन् ।

नेपालको संविधान दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा ब्लिकेनले अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै विगत वर्षमा दुई देशले साझा चुनौतीको सामना गर्न सहकार्य गरेको स्मरणसमेत गरेका छन् ।

साथै उनले कोरोना भाइरसविरुद्धको लडाइँ र जलवायु परिवर्तनमा सँगै काम गरेको उल्लेख गरेका छन् । व्लिकेनले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण नेपालीलाई शुभकामनासमेत व्यक्त गरेका छन् । यसैबीच डिसीस्थित नेपाली दूतावासले समेत विविध कार्यक्रम गरी संविधान दिवस मनाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्