Logo
Logo

सभामुखले बोलाए संसद बैठक, बजेट प्रतिस्थापन विधेयक पेस गर्ने तयारी



काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । नेकपा एमालेको अवरोधका कारण यसअघि नियमित सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको हो ।

आज ११ बजेका लागि बोलाइएको बैठकमा बजेटप्रतिस्थापन विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधबीच सरकारले आजको बैठकमा विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ ।

सोमबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकअन्तर्गत सम्पूर्ण शीर्षकमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ । छलफलपछि आजै विनियोजन विधेयक पारित गर्ने सरकारी तयारी छ ।

एमालेको नाराबाजीकै बीच भदौ २७ गतेको बैठकमा प्रतिस्थापन विधेयक मार्फत बजेट संशोधन गरेको थियो । बजेट पारित हुन नसक्दा भदौ ३० गतेदेखि मुलुकमा ‘बजेट होलिडे’ चलिरहेको छ ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरिसकेको छ । एमालेले भदौ २३ गतेदेखि संसदमा निरन्तर अवरोध र नाराबाजी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्