Logo
Logo

अखिल क्रान्तिकारीको सम्मेलन सर्यो



अध्यक्ष रन्जित तामाङ

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक साता सरेको छ ।

असोज ८, ९ र १० गतेका लागी तय भएको राष्ट्रिय सम्मेलन संगठन र व्यवस्थापनको काम नसकिएकाले सार्नु परेको अध्यक्ष रन्जित तामाङले जानकारी दिए । एक साता सरेको सम्मेलन असोज १४, १५ र १६ गते सम्पन्न हुने बताइएको छ ।

आगामी नेतृत्वका लागि उपाध्यक्ष सुरेन्द्र बस्नेत, पन्चा सिंह, महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम आकाँक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्