Logo
Logo

फागुनमा विप्लव नेकपाको महाधिवशेन घोषणा

एमसीसी विरोधी सबै शक्तिसँग सहकार्य गर्ने निर्णय



तनहुँ । नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहको केन्द्रीय समिति बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ । तनहुँको बन्दीपुरमा बसेको केन्द्रीय समितिको बैठकले जनयुद्ध दिवसको अवसर पारेर फागुनमा नवौं महाधिवेशन गर्ने घोषणा गरेको हो ।

netra bikram chand biplav

११औँ बैन्द्रीय समिति बैठले महाधिवेशन अघि ८ मंसिरमा काठमाडौंमा सभा तथा प्रदर्शन गर्ने निर्णय गरेको छ । वर्तमान शासन प्रणाली असफल भएको निष्कर्ष निकाल्दै विप्लव समूहले सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

विप्लव समूहले अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी सबै शक्तिसँग सहकार्य गर्ने जनाएको छ । देशव्यापी संगठन विस्तार गर्ने र राष्ट्रियता, जनजीविका, भ्रष्टाचार लगायतका मुद्दामा संघर्ष गर्ने निर्णय पनि विप्लव समूहको केन्द्रीय समितिले गरेको छ । खुला राजनीतिमा आएसँगै विप्लव नेकपाले राजनीति गतिविधिमा तिव्रता दिएको हो ।

प्रतिक्रिया दिनुहोस्