Logo
Logo

श्रीमानको हत्या आरोपमा एक पक्राउ



गोरखा । श्रीमानको हत्याको आरोपमा गोरखा नगरपालिका–७ पौवाखेतबाट एक महिला पक्राउ परेकी छन् । श्रीमानको घाँटी थिचेर हत्या गरेको आरोपमा ५५ वर्षीया माइली कामीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार उनका श्रीमान आइतबहादुर कामी मृत अवस्थामा भेटिएका थिए । अनुसन्धानको क्रममा मृतक आइतबहादुरलाई आफ्नै श्रीमती माइलीले घाँटी थिचेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

पक्राउ परेकी माइलीलाई बुधबार जिल्ला अदालतमा कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए ।

आइतबहादुरले दिनहुँ जसो मदिरा सेवन गर्ने र श्रीमन–श्रीमतीबीच बारम्बार झैझगडा र कुटपिट हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्