Logo
Logo

सगरमाथाको आधार शिविरमा क्याटवाक



काठमाडौं । नेपाललाई फेसनको राजधानी बनाउने उद्देश्यले आज सगरमाथा आधार शिविरमा फेसन शो हुँदैछ । संसारकै उच्चस्थानमा आयोजना गरिने फेसन शोको रुपमा केही वर्षअघि कीर्तिमान राखेको फेसन शोको यो दोस्रो संस्करण हो ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा कासा बुटिक डिजाइन, आरबी डायमन्ड र के फिल्मस्ले आयोजना गर्न लागेको यस फेसन शोमा नेदरल्यान्डकी राजकुमारी एलिशा क्याटेरिना इगर र इटालीका राजकुमार समेत सहभागी छन् । फेसन शोको उद्देश्य हिमालको संरक्षण तथा विश्वको ध्यानाकर्षण रहेको आयोजकले जनाएको छ ।

फेसन शोमा विश्वका चर्चित १४ जना सुपरमोडलले भाग लिने भएका छन् । इटाली, डेनमार्क, बेलायत, पोल्यान्ड, रसिया, नेदरल्यान्ड, नेपाल र फिनल्यान्डका मोडलहरु सहभागीी हुने शोमा क्याप्टेन विजय लामाले वाक गर्दैछन् । कोभिड–१९ महामारीले पर्यटन क्षेत्रमा परेको असरलाई फेसन सोले पर्यटक आगमनमा थप प्रोत्साहन गर्ने आयोजकले विश्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्