Logo
Logo

बिहीबार कोरोना संक्रमितभन्दा निको हुने बढे



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार १५ हजार २४३ जनामा परीक्षण गर्दा १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७२ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण दर ८ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्