Logo
Logo

सेना संविधानप्रदत्त जिम्मेवारीमा अडिग रहन्छ : प्रधानसेनापति



फाइल फोटो

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न अडिग रहने दृढता व्यक्त गरेका छन् ।

जङ्गी अड्डामा आज आयोजना गरिएको दुईदिने ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक’को शुभारम्भ कार्यक्रममा बोल्दै संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न अडिग रहने दृढता व्यक्त गरेका हुन् । नेपाल सरकारका विधिसम्मत आदेशहरु अक्षरसः पालना गर्न कटिबद्ध रहेको बताउँदै प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा बिमुख नहुने उनको भनाइ रहेको छ ।

प्रधानसेनापति शर्माले भने– ‘देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिको नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको छ, त्यसबाट सृजना हुनसक्ने सुरक्षा चुनौती सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेकोछ ।’

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेपाली सेनाका रथीवृन्द, सबै ‘कमाण्ड’का कमाण्ड सेनापतिलगायत विभिन्न महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्