Logo
Logo

षड्यन्त्र गरेर मलाई फसाइएको हो : गच्छदार



काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताएका छन् । आफूलाई षड्यन्त्र गरेर फसाइएको उनको आरोप रोहेका छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदी कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषद्माथि गर्नुपर्ने तर्क गरे ।

५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आफूमाथि अन्याय गरेतापनि न्यायलयले न्याय दिने विश्वस्त रहेको धारणा राखे । आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको भन्दै जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताए ।

आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार रहेको उनको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्