Logo
Logo

एभरेष्ट बैंकका सीईओ खालिङले शुक्रबारदेखि कार्यभार सम्हाल्दै



काठमाडौं। एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले शुक्रबारलेखि कार्यभार सम्हाल्ने भएका छन् ।

यसअघि २०७७ चैत तेस्रो साता खालिङ सीईओ नियुक्त गर्ने सञ्चालक समितिले निर्णय गरे पनि कार्यभार सम्हालेका थिएनन् ।

बैशाखको दोस्रो सातादेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा नायब महाप्रबन्धक डा. सन्धिर कुमारले कार्यभार सम्हाल्दै आएका थिए ।

शुक्रबारदेखि पदभार सम्हाल्न लागेका खालिङ एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ हुन् । बैंकले २५ वर्षदेखि भारतीयलाई मात्र सीइओ बनाउँदै आएको थियो ।

खालिङ यसअघि लक्ष्मी बैंक लिमिटेडको सीईओ भइसकेका छन् । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सँग सिटिजन्स बैंक लगायत विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्