Logo
Logo

राजेशपायलको ‘देम सारो’ होइट (भिडियोसहित)



काठमाडौं । मेगास्टार राजेशपायल राईको पछिल्लो गीत ‘देम सारो’ सार्वजनिक भएको छ । गीत रेकर्डिङ भएदेखि नै चर्चामा आएको यो गीत राजेशपायलको पनि महत्वकांक्षी गीत हो ।

शुक्रबार सार्वजनिक गरिएको यस गीतको भिडियोमा नेपाली कला क्षेत्रमा ख्यातीप्राप्त कलाकारहरुले अभिनय गरेका छन् । ‘देम सारो’ गीतको भिडियोमा अभिनेता दयाहाङ राई, हाँस्यअभिनेता विल्सनविक्रम राई र अभिनेत्री रजनी गुरुङलाई फिचरिङ गरिएको छ ।

नेपाली कला क्षेत्रमा यी तीन हस्तीसँगै मेगास्टार राजेशपायललाई समेत भिडियोमा देख्न सकिन्छ । राजेशपायलकै संगीत रहेको यस गीतको भिडियोलाई रोमान्टिक बनाउन अन्तिमचिर अभिनेता बुद्धि तामाङ ‘होइट’लाई इन्ट्रि गरिएको छ । यस भिडियोको अर्को विशेषता भने गीतसंगीतदेखि अभिनयसम्मका स्टारहरुलाई जमघट गराउनु हो ।

साथै, भिडियोमा चर्चित कवि तथा साहित्यकार राजन मुकारुङको शब्द रचना रहेको यस गीतको भिडियोमा त्रिकोणात्मक प्रेमभाव प्रस्तुत गरिएको छ । भिडियोको निर्देशन किरण चाम्लिङ राईले गरेका हुन् ।

https://www.youtube.com/watch?v=MWhYYB4FAK0

प्रतिक्रिया दिनुहोस्