Logo
Logo

प्रेम प्रस्ताव राख्दै ठगी गर्ने एक भारतीय पक्राउ



काठमाडौं । सोसल मिडियाबाट ठगी गरेको ओरापमा एक भारतीय नागरिक प्रकाउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले सोसल मिडियाबाट ठगी गरेको आरोपमा भारतको दार्जिलिङ जिल्लाको सिलगुढी पानीघट्टका प्रेन्टी क्रोस्टल चर्चका पादरी सन्दिप क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनले आफूलाई बेलायती नागरिक नेन्सी माइकलका रुपमा चिनाउँदै फेसबुक, म्यासेन्जर, ह्वाट्स एप, आइएमओजस्ता सामाजिक सञ्जालबाट जोडिएर उनले ठगी गर्दै आएको महाशाखाले जनाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

उनले सोसल मिडियामा विशेषगरी महिलाहरुमाथि प्रेम प्रस्ताव राख्ने गरेका थिए । विभिन्न उपहारका सामग्री पठाएको भन्दै पार्सल ट्र्याकिङ नम्बर फर्वार्ड गरेर उनले महिलाहरुलाई प्रेस जालमा पार्दै आएका थिए ।
उनको ‘भर्चुअल लभ’मा परेका महिलाहरुले उनलाई विश्वास गर्दै ठगिने गरेका थिए । यसैगरी ठगिएको महसुस भएपछि पीडितले उनीविरुद्ध उजुरी गरेका थिए ।

५ लाख १० हजार रुपैयाँ ठगीमा परेको भन्दै उजुरी परेपछि झापा प्रहरीको समन्वयका आधारमा भारतीय नागरिक क्षेत्री पक्राउ परेका हुन्। उनलाई काठमाडौं ल्याइएको छ । उनले चर्चका विभिन्न धार्मिक कार्यक्रमका लागि आउने रकम सोझै आफ्नो खातामा पठाउन नमिल्ने बताउँदै चर्चमा आउने महिलाहरुलाई खाता खोल्न लगाउँथे। र, महिलाहरुलाई त्यही खातामा पैसा पठाउन अह्राउँथे ।

प्रतिक्रिया दिनुहोस्