Logo
Logo

डिएसपीलाई घुस दिन खोज्नेहरुविरुद्ध भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ बैशाख ।
भारतबाट तस्करी गरेको सामान पक्राउ नगर्न प्रहरीलाई घुस दिनेहरुलाई भ्रष्टाचार मुद्दा दायर भएको छ । चालक श्याम बिश्वकर्मा र सामान धनिहरू हिटलर शाक्य र दोर्जी डोल्मा लामाले र दिपा रानाविरुद्ध आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।


गत ३० चैतमा भारतको नयाँदिल्लीबाट बाँकेको नेपालगन्ज हुँदै मिति काठमाडौं आएको ना.५ ख. ४८४२ नं.को यात्रुवाहक बसले भन्सार छली तस्करीका सामानहरु ल्याइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट खटी गएको प्रहरी टोलीले चमतीबाट उक्त बसलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा राजश्व छली गरी ल्याइएको लत्ता कपडा बरामद भएको थियो । उक्त राजश्व छली गरी ल्याइएका सामान छुटाउने प्रयोजनका लागि प्रहरीलाई सो गाडीका चालक श्याम बिश्वकर्माले तीन लाख दिपा राना र भरत तामाङले ५० हजार गरी जम्मा तीन लाख ५० हजार रुपैयाँ घुस दिन लागेका थिए । जसमा दिपा रानाको समेत संलग्नता थियो । स्वयम्भु वृत्तका डिएसपी सुधीर शाहीलाई उनीहरुले घुस दिन खोजेकामा राष्ट्रसेवकलाई प्रभावमा पार्न खोजेकाले सो अभियोग समेत लागेको हो । उनीहरु चारैजनाविरुद्ध शुक्रबार आयोगले मुद्दा दायर भएकोमा आइतबार धरौटीमा छाड्ने आदेश भएको छ । उनीहरुमाथि राजश्व अनुसन्धान विभागले समेत छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्