Logo
Logo

प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिने



जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जसपा विभाजन भएसँगै मुख्यमन्त्री राउतले विश्वासको मल लिन लागेका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गते प्रदेशसभा बैठक आव्हानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक डाकिएको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले असोज २० गतेकै बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने बताए । हाल प्रदेश २ मा जसपा, नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रको संयुक्त सरकार छ ।

एक मात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीको समर्थन पनि सरकारलाई छ । सरकारमा जाने तयारीमा रहेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि राउतलाई विश्वासको मत दिने तयारी गरिरहेको छ ।

प्रदेश २ मा १०४ सांसद छन् । अहिले सभामुखसहित जसपाका ३९, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका १३ र नेपाल संघीय समाजवादी पार्टीका १ गरी कुल ८० सांसदको सरकारलाई समर्थन प्राप्त छ । १०४ सदस्यीय प्रदेशसभामा ८० जनाको समर्थन रहेकाले मुख्यमन्त्री राउत विश्वासका मत पाउनेमा ढुक्क छन् ।

प्रतिक्रिया दिनुहोस्