Logo
Logo

मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

‘बेटी पढाउ, बेटी बचाउ’ सम्बन्धी कागजात नियन्त्रणमा



काठमाडौं । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज छापा मारेको छ ।

बर्दिबासस्थित अख्तियार कार्यालयले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा अनियमितता भएकाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेर आवश्यक कागजातहरु नियन्त्रणमा लिएको छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गर्दै आएको छ ।

सोही साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको प्रवक्ता रसालले बताए । अख्तियार टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल ल्याई अनुसन्धानका लागि केन्द्रमा पठाउने बताईएको छ ।

अख्तियार स्रोतका अनुसार केन्द्रबाट गएको टोलीले कागजात लिएको हो । प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ का बिभिन्न ठाउँमा ‘बेटी पढाउ, बेटी बचाउ’ भन्ने नारा उल्लेखित होडिङ बोर्डमा आफ्नो ठुलो तस्बिर राखेर करोडौ खर्च गरेको भन्दै आलोचना समेत हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्