Logo
Logo

प्रदेश-२ को प्रदेशसभा बैठक असोज २० मा



जनकपुरधाम । प्रदेश नं २ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक यही असोज २० गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

सोही दिन मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन प्रदेशसभा समक्ष प्रस्ताव प्रस्तुत गर्नुहुने बताइएको छ ।

अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक असोज २० गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्