एमसीसी खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन « Drishti News – Nepalese News Portal
Logo

एमसीसी खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन


दृष्टि संवाददाता


काठमाडौं । एमसीसी खारेजी तथा महँगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर समापन भएको थियो । प्रर्दशनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएको भन्दै त्यसको खारेजी गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।

त्यस्तै उनीहरुले महङ्गी नियनत्रण गर, भष्ट्राचारीलाई कारवाही गर लगाएतका नारा लगाएका थिए । प्रदर्शनपछि राप्रपाले एमसीसी खारेजीका साथै महंगी नियन्त्रण गर्नुपर्ने लगाएतका माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएका थियो ।

प्रतिक्रिया दिनुहोस्