Logo
Logo

विदेश जानेले २ सय अमेरिकी डलरभन्दा बढी नगद नपाउने



काठमाडौं । चालु आर्थिक वर्षको सुरु महिनादेखि ह्वात्तै बढेको व्यापार घाटाका कारण विदेशी विनिमय सञ्चितिमा कमी आएपछि नेपाल राष्ट्र बैंकले घुम्नलगायतका अन्य काममा विदेश जानेलाई दुई सय अमेरिकी डलरभन्दा बढी नदिन कडाइ गरेको छ । हाल वैदेशिक रोजगारीमा जानेले प्रतिव्यक्ति दुई सय र पर्यटक तथा भिजिट भिसामा विदेश जानेले एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा पाउँदै आएका छन् ।

केन्द्रीय बैंकका अधिकारीहरूले सबै वाणिज्य बैंक र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई विदेश जाँदा दिइने गरेको विदेशी मुद्रा सटही सुविधा दुई सय अमेरिकी डलरमा सीमित गर्न निर्देशन दिएको सम्बद्ध स्रोतले जानकारी दियो ।

चालु आर्थिक वर्षको पहिलो महिनादेखि व्यापार घाटा बढेको छ भने रेमिटेन्स आप्रवाह घटेको छ । व्यापार घाटा बढेका बेला रेमिटेन्स वृद्धि जारी रहेको भए अमेरिकी डलर सटहीमा कडाइ गर्नुपर्ने अवस्था आउँदैनथ्यो । यतिखेर विदेशी मुद्रा आर्जन गर्ने अर्को स्रोत पर्यटक पनि कोरोना महामारीका कारण नेपालमा आउन पाएका छैनन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्