Logo
Logo

बानेश्वरमा एक महिलाको शव भेटियो



तस्विर श्रोतः रातोपाटी

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एक महिलाको शव फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको जानकारी दिए ।

प्रहरीका अनुसार शव अर्ध नग्न अवस्थामा भेटिएको हो । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस्