Logo
Logo

७७ जनाको ज्यान जोगाउने पाइलट शेर्पालाई जहाज चलाउन रोक !



काठमाडौं । बुद्ध एयरको क्याप्टेन आङ्गेलु शेर्पाले विमान चलाउन नपाउने भएका छन् । प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भनेर सामाजिक सञ्जालमा हाल उनको प्रशंसा भइरहेको छ ।

गत सोमबार ८ः३० मा काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमान चक्का नखुलेर पुन काठमाडौँमा आएर अवतरण गरेको थियो ।

नागरिक उड्यान प्राधिकरणको नियमअनुसार कम्पनीले ‘ग्राउन्डेड’ गरेको उनलाई छानविन प्रतिवेदन नआउँदासम्मका लागि विमान चलाउन रोक लगाएको हो ।

पाइलटलाई ग्राउन्डेड गरिएको कम्पनीको भनाई छ । कम्पनीले उक्त घटनाका सम्बन्धमा क्यान र कम्पनीले समेत छानविन गरिरहेकाले पाइलटलाई नियमअनुसार ग्राउन्डेड गरिएको जनाएको छ ।

जहाज उडाएको समयमा कुनै समस्या आएमा क्यानले पाइलटमाथि पनि छानविन गर्ने भएकाले केही समय उनको लाइसेन्स प्रयोग नहुने कम्पनीको भनाई छ । छानविनको रिर्पोट नआउँदासम्म शेर्पाले आफ्नो लाइसेन्स प्रयोग गर्न पाउने छैनन् । छानविनको लागि तथ्य प्रमाण जुटाउनको लागि उनको लाइसेन्स होल्ड गरिएको क्यानले जनाएको छ ।

क्यानले अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर छानविन प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । तर, प्राधिकरणले प्राविधिक समस्या देखिएको जहाजलाई २४ घन्टाभित्रै उठाउन अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्