सर्वदलीय बैठक सकियो, के-के भयो छलफल ? « Drishti News – Nepalese News Portal
Logo

सर्वदलीय बैठक सकियो, के-के भयो छलफल ?


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य गर्न बोलाएको सर्वदलीय बैठक सकिएको छ ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतो लगायत नेताहरू सहभागी थिए ।

प्रमुख प्रतिपक्षी एमालेले भने बैठक बहिष्कार गरेको छ । एमालेले आफूले हटाएका १४ सांसद्लाई कारवाहीको सूचना टाँस गरी सभामुखले मार्गप्रसस्त नगरेसम्म संसद गतिरोधलाई लिएर डाकिएका कुनै पनि बैठकमा सहभागी नहुने एमालेले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्