Logo
Logo

सर्वदलीय बैठकमा दलहरुले भने: एमाले संवाद र वार्ताबाट भाग्न खोज्यो



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी दलहरुले नेकपा एमाले सम्वाद र वार्ताबाट भाग्न खोजेको बताएको छ ।

बैठकमा सहभागी दलहरुले एमालेले संसदलाई निर्वाध रुपमा अगाडि बढाउन सकारात्मक भूमिका खेल्न विपक्षी दलका नेता केपी शर्मा ओलीलाई आग्रह समे गरेका छन् ।

एमाले संवाद र वार्ताबाट भाग्न खोजेको सवंदलीय बैठकले निष्कर्ष निकालेको हो । ‘यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएन,’ बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आज प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले प्रतिनिधि सहभागी भएनन् । हामीलाई लागेको छ, उहाँहरू संवाद र वार्ताबाट भागिरहनु भएको छ ।’

एमालेको अवरोधका कारण संसद बैठकमा विभिन्न विधेयक पेस हुन नपाएको कार्कीको भनाई छ । उनले संसद् अधिवेशन गर्ने विषयमा कुनै कुरा नभएको बताए ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतो लगायत नेताहरू सहभागी थिए । प्रमुख प्रतिपक्षी एमालेले भने बैठक बहिष्कार गरेको छ ।

एमालेले आफूले हटाएका १४ सांसद्लाई कारवाहीको सूचना टाँस गरी सभामुखले मार्गप्रसस्त नगरेसम्म संसद गतिरोधलाई लिएर डाकिएका कुनै पनि बैठकमा सहभागी नहुने एमालेले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्