मेला, जुलुस र भोज नगर्न जिल्ला प्रशासनको आग्रह « Drishti News – Nepalese News Portal
Logo

मेला, जुलुस र भोज नगर्न जिल्ला प्रशासनको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि अर्को आदेश जारी नहुँदासम्म जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज नगर्न रोक लगाएको छ । कोभिड–१९ संक्रमण कायम रहेको भन्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार यस्तो आदेश जारी गरेका हुन् ।

यस्तै, प्रशासनले आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न आग्रह गरेको छ । सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेश पनि भएको छ ।

बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने र गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने भनिएको छ । होटल पार्टी प्यालेसमा बढीभन्दा बढी मानिसलाई सहभागी गराउनुपरे एन्टीजेन, पीसीआर परीक्षणको व्यवस्था मिलाउन भनिएको छ ।

वित्तिय संस्थालाई अनलाइनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले आदेश दिएको छ । उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै संचालन गर्न समेत आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्