Logo
Logo

राष्ट्रिय सभाको बैठक सर्‍यो



काठमाडौं । राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन भएको छ । एमालेको विधान अधिवेशनसँग जुध्ने भएपछि राष्ट्रिय सभाको बैठक सारिएको हो ।

राष्ट्रिय सभाको बैठक असोज १७ गते १ बजेका बस्ने गरी यसअघि समय तोकिएको थियो । नेकपा एमालेले ललितपुरको गोदावरीमा असोज १५, १६ र १७ गते विधान अधिवेशन गर्दैछ ।

त्यसैले राष्ट्रिय सभाको बैठक असोज १८ गते सोमबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले सूचना प्रकाशित गरेर विशेष कारणले बैठकको मिति सार्नुपरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्