Logo
Logo

‘असंवैधानिक कदमविरूद्ध विद्यार्थीले विजयी प्राप्त गर्यो’



काठमाडौं । नेकपा (एकीकृत) समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध विद्यार्थीको आन्दोल महत्वपूर्ण भएको बताएका छन् ।

बिहीबार नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘हिजो तत्कालीन प्रधानन्त्री ओलीले पटकपटक प्रतिनिधिसभा विघटन गर्दा त्यसको सामना विद्यार्थीले नै गरेका थिए, ओलीका असंवैधानिक कदमविरुद्ध विद्यार्थीले विजयी प्राप्त पनि गर्यो ।’

उक्त आन्दोलनमा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको निकै ठूलो भूमिका भएको र अब आउने नेतृत्वमा पनि अखिल क्रान्तिकारीले तामाङजस्तै नेतृत्व छान्नुपर्ने अध्यक्ष पराजुलीको भनाइ थियो ।

उनले अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनबाट चयन भएका नेतृत्वसँग आफ्नो टिमले सहकार्य गर्न समेत बताए ।

प्रतिक्रिया दिनुहोस्