Logo
Logo

एमालेको बागमती इन्चार्जमा बादल, अध्यक्ष शाक्य वरीयतामा बादलभन्दा माथि



काठमाडौं । नेकपा (एमाले) ले बागमती प्रदेश कमिटीको विवाद समाधान गरेको छ । १० बुँदे सहमती अनुसार बागमती प्रदेश कमिटीको इन्चार्ज को भन्ने विवाद रहेको थियो ।

एमाले बागमती प्रदेश कमिटीले बिहिबार विवाद टुंगो लगाउँदै केन्द्रीय कार्यालयलाई जानकारी गराएको छ । बागतमी प्रदेश कमिटीको अध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको छ भने इन्चार्जमा रामबहादुर थापा बादल रहेका छन् ।

शाक्य एमाले केन्द्रीय कमिटीको उपाध्यक्षका साथै वागमती प्रदेश सरकारको मुख्यमन्त्री पनि हुन् । यस अघि शाक्य एमालेको वागमती प्रदेश कमिटी इन्चार्ज थिईन् । तर माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका वादललाई अध्यक्ष केपी शर्मा ओलीले इन्चार्ज बनाएका थिए ।

दुई नेताको वरियतामा अध्यक्ष शाक्यलाई पहिलो र इन्चार्जलाई दोस्रोमा राखिएको छ । एमालेभित्रको अभ्यासमा अहिलेसम्म इन्चार्ज पहिलो वरियतामा र अध्यक्ष त्यसपछिको वरियतामा रहने चलन छ । तर एमालेले नौलो प्रयोग गर्दै अध्यक्षलाई माथि र इन्चार्जलाई तल्लो वरियतामा राखेको छ ।

एमालेले प्रदेश कमिटीलाई पुर्णता दिँदै विवाद समाधान गरेको छ । वागमती प्रदेश कमिटीलाई ४७६ सदस्यीय बनाइएको छ । प्रदेश कमिटीमा सहइन्चार्जमा काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र डोरमणि पौडेल रहेका छन् ।

एमाले पोलिटब्यूरो सदस्य अरुण नेपाललाई चौथो वरियतामा राखिएको छ भने केन्द्रीय सदस्य रचना खड्कालाई आठौं वरियतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्