Logo
Logo

गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले सहसचिव गोपालप्रसाद सिग्देललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को १२औँ मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै इन्टरपोलको ८९औँ महासभामा भाग लिन स्वीकृति दिने निर्णय पनि भएको छ । त्यसैगरी विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्