Logo
Logo

अनलाइनबाट दैनिक २ हजारको दुनाटपरी विक्री



विराटनगर । घरमै बसेर प्रविधिलाई पछ्याउन सके राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् विराटनगर–४ अच्युत मिलका खड्ग विष्ट । उनले घरबाटै अहिले दैनिक २ देखि ३ हजारसम्मको दुनाटपरी विक्री गरिरहेका छन् । दुनाटपरीको विक्रीबाट ४० प्रतिशतसम्म नाफा गर्छन् ।

उनले दुनाटपरी डटकम भन्ने फेसबुक पेजमार्फत ब्यापार बढाएका छन् । अनलाइनबाटै अर्डर पनि आउँछ, उनी होम डेलिभरि गरिदिन्छन् । सोह्रश्राद्ध परेकाले अहिले उनलाई भ्याइनभ्याई छ ।

विवाह, व्रतबन्ध, पूजाजस्ता धार्मिक कार्यक्रमदेखि माासिक, श्राद्धजस्ता पितृ कार्यका लागि आवश्यक पर्ने दुुना, टपरालगायत सामग्री उनले अनलाइनमार्फत विक्री गर्दै आएका छन् । उक्त कामका लागि उनले केही घरेलु महिलालाई समेत सानोतिनो रोेजगारीको अवसर पनि दिएका छन् ।

लामो समयसम्म व्यापार व्यवसायको बजारीकरणको अनुभव सम्हालेका विष्टले किराना पसलसँगै दुनाटपरी, सालको पातलगायत पूजासामग्रीको अनलाइन व्यापार थालेको बताए । उनी सुनसरीको रामधुनी र प्रकाशपुर क्षेत्रबाट सालको पात ल्याउँछन् । आफ्नो घर आसपासका शीप भएका फुर्सदिला महिलाहरूलाई दुनाटपरी गाँस्न दिन्छन् । त्यसका लागि उनले निश्चित पारिश्रमिक दिने गरेको बताए ।

‘घरमा त्यसै बस्ने दिदीबहिनीहरूले आपूmले जानेको शीप प्रयोग गरेर दुनाटपरी गाँस्न पात लैजानु हुन्छ, दुनाटपरी तयार पारेर दिनुहुन्छ हामी उहाँहरूलाई निश्चित पारिश्रमिक दिन्छौं,’ विष्टले भने । मोरङको गछियामा समेत दुनाटपरी गाँसेर आफूले ल्याउने गरेको उनले बताए ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्