Logo
Logo

वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जसपाः नेता राई



काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले समाजवाद प्राप्तिका लागि आफ्नो पार्टी वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा रहेको बताएका छन् ।

जनता समाजवादी पार्टीले बिहीबार दिक्तेलस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा राईले पछिल्लो समय अधिकांश दलले समाजवादलाई अवलम्बन गरिरहेका उल्लेख गर्दै जसपा वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने बताएका हुन् ।

‘समाजवाद प्राप्तिका लागि वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने चेष्टा गरिरहेका छौँ । तर, यो हाम्रो चाहनाले मात्र पूरा हुने कुरा होइन । अन्य पार्टीको चाहना र आवश्यकता के हो रु कस्तो नीति र व्यवहार अवलम्बन गर्छन्, त्यही हिसाबले हामी अघि बढ्नुपर्ने हुन्छ’,

राईले भने, ‘संभवतः राष्ट्रव्यापी रूपमा ध्रुवीकरण सुरु भएको छ । केही पुराना पार्टीले आफूलाई एक्लै अघि बढाउन कोसिस गर्लान् वा उनीहरूको पक्षमा गएर गठबन्धन गर्न अरू पार्टी तयार नहोलान् । त्यस्तो बेलामा अहिले रहेको वाम लोकतान्त्रिक गठबन्धन नै अघि बढ्ने देखिन्छ।’ उनले वाम लोकतान्त्रिक ध्रुवीकरणका लागि अनौपचारिक रूपमा वार्ता, संवाद र छलफल अघि बढिरहेको जानकारी पनि दिए ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्