Logo
Logo

एमालेको विधान महाधिवेशन आजदेखि, पाँच हजार प्रतिनिधि सहभागी हुँदै


378
Shares

काठमाडौं । आजदेखि नेकपा एमालेको विधान महाधिवेशन सुरू हुँदै छ । अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

एमालेले प्रथम विधान महाधिवेशन गर्न लागेको हो । एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने जनाएको छ । महाधिवेशनमा देशैभरबाट गरी करिब पाँच हजार प्रतिनिधिहरू सहभागी हुने एमालेले जनाएको छ ।

विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ । हालै बसेको केन्द्रीय कमिटी बैठकले यी तीनवटा प्रतिवेदन विधान महाधिवेशनमा पेश गर्ने गरी पारित गरेको थियो ।

यी हुन् विधान महाधिवेशनमा सहभागी हुनेहरु
१. केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु १९६
२. केन्द्रीय आयोग तथा परिषद्– २१३
३. केन्द्रीय विभाग– ३१०
४. जनसंगठन– २२०
५. प्रदेश कमिटी– २२७१
६. उपत्यका विशेष कमिटी– १९८
७. सम्पर्क समन्वय कमिटी– ३६०
८. जिल्ला कमिटीका पदाधिकारी– ३६४
९. निर्वाचन क्षेत्रबाट– ४०७
१०. प्रवास क्षेत्र– १२६
११. स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु– ९३४
१२. एकता प्रक्रियाबाट समायोजन– ५३२
केन्द्रीय कमिटीबाट मनोनयन– ५६६

प्रतिक्रिया दिनुहोस्