Logo
Logo

ट्र्याक्टरको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु


252
Shares

वालिङ । ट्र्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्र्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

बिहीबार साँझ साढे ५ः०० बजेको समयमा ओरालोमा रोकिराखेको ट्रयाक्टर आफैँ अगाडि बढ्न जाँदा विकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी विकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको छ । ट्र्याक्टर चालक र ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्