Logo
Logo
एमाले विधान महाधिवेशन

उपाध्यक्षको संख्या बढाउँदै समावेशी बनाउन सुझाव



काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा उपाध्यक्षको संख्यासंगै बढाउँदै थप समावेशी बनाउँन सुझाव आएको छ ।

ललितपुरको गोदावरीमा जारी विधानम महाधिवेशनको दोस्रो दिन सहभागिले उपाध्यक्षको संख्या बढाउँन सुझाव दिएका छन् । विभिन्न १० समूहमा भएको समूहगत छलफलमा सहभागिहरुले उपाध्यक्षको संख्या सात बनाउन सुझाव दिएका हुन् । यस्तै उनीहरुले पदाधिकारी समावेशी बनाउन सुझाव दिएका छन् । महिला, दलित, जनजाति, मधेसी भूगोलका आधारमा उपाध्यक्ष हुनुपर्ने प्रतिनिधिले सुझाव दिएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमा समूहगत छलफल जारी छ ।

विधान संशोधन प्रस्तावमा १३ पदाधिकारी सहित २२५ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख गरिएको छ । विधान संशोधन प्रस्तावमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ६ सचिव सहित केन्द्रीय कमिटी २२५ सदस्यीय हुने उल्लेख छ । पार्टी प्रदेश कमिटीका अध्यक्षहरु केन्द्रीय कमिटीको पदेन सदस्य हुने व्यवस्था प्रस्ताव गरिएको छ । हाल रहेका २ उपमहासचिव र पोलिटव्यूरो कमिटी खारेज गर्ने व्यवस्था प्रस्तावमा गरिएको छ ।

यसैगरी माधवकुमार नेपाल एमालेमा हुँदा उनको समूहमा लागेका नेताकार्यकर्ताले तत्कालीन नेकपाको विवादकै कारण प्रतिनिधि सभा विघटन भएको जिकिर गरेका छन् । सोही विवादले एमालेसमेत विभाजन भएको विषय समेत उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्