Logo
Logo

मेसिन नहुँदा विदेश जान बाध्य



काठमाडौं । नेपालमा पेटको सिटिस्क्यान सुविधा नभएका कारण क्यान्सरका बिरामी विदेश गएर महँगोमा पेट स्क्यान गराउन बाध्य हुने गरेका छन् ।

न्युक्लियर मेडिसिनअन्तर्गत पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान गर्न सकिन्छ । क्यान्सर निको भइसकेका व्यक्तिले पनि फलोअपका क्रममा पेट सिटिस्क्यान गर्नुपर्ने हुन्छ । नेपालमा सरकारी तथा नीति क्षेत्रमा उक्त सुविधा नहुँदा अचेल बिरामी भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पेट सिटिस्क्यान गर्न बाध्य हुने गरेका छन् ।

चार वर्षअघि क्यान्सर भएपछि मकवानपुर पालुङका जगन्नाथ ढकाल क्यान्सरको उपचार गराउन दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुभयो । भारतमा ५० लाख रुपियाँ खर्चेर क्यान्सर उपचार गराउनुभएका ढकालले नियमित फलोअपका लागि पेट सिटिस्क्यान गर्नुपर्ने भयो ।
लकडाउनले गर्दा ढिलाइ भइरहेकोमा एक महिनाअघि नेपालमा पेट स्क्यानको सुविधा नभएपछि भारत गएर पेट स्क्यान गर्दा थप लाखौँ रुपियाँ खर्च गर्नुभयो ।

यदि नेपालमा पेट स्क्यान भएको भए सस्तोमा पेट स्क्यान गर्न सकिने उहाँको भनाइ छ । उहाँले राजीव गान्धी क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराउने ७० प्रतिशत नेपाली भएको बताउनुभयो । ढकालमात्र होइन, पेटको सिटिस्क्यानका लागि विदेश जाने हजारौँ नेपाली रहेको उहाँको भनाइ छ ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालमा केही समयका लागि पेट स्क्यान सेवा भएपछि त्यसले निरन्तरता पाउन नसकेको बताउनुभयो । उहाँले पहिले जेड एयरवेजबाट पेट सिटिस्क्यानका लागि आवश्यक औषधि ल्याइने गरेकोमा उक्त एयरवेज बन्द भएपछि नेपालमा पेट स्क्यान हुन नसकेको बताउनुभयो । पछि कोरोना भाइरसका कारण सम्र्पूण एयरलाइन्स बन्द हुँदा नेपालमा पेट सिटिस्क्यान हुन
सकेको छैन ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्