तीन महिनापछि डोटीमा प्रजिअ « Drishti News – Nepalese News Portal
Logo

तीन महिनापछि डोटीमा प्रजिअ


दृष्टि संवाददाता


डोटी । गृह मन्त्रालयले बल्ल यहाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ । विगत तीन महिनादेखि प्रजिअ विहीन बनेको थियो ।

निमित्तका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शङ्करबहादुर विष्टलाई प्रजिअ तोकेको हो । उनले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा भएका थिए । यसपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आएका थिए । प्रजिअ र प्रशासकीय अधिकृतसमेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्