Logo
Logo

एकीकृत समाजवादीनिकट अनेरास्ववियूको प्रदेश संयोजक तोकियो



काठमाडौं । नेकपा समाजवादी निकट अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले केपी ओलीले कम्युनिस्ट पार्टी विर्सजन र विखण्डन गरेर गोदावारी मेलामा कमल थापाका समर्थन बटुलेको बताएका छन् ।

अनेरास्ववियू स्थायी कमिटीको प्रथम पूर्ण बैठकलाई शनिबार साँझ सम्बोधन गर्दै पराजुलीले भने ‘ओलीले कम्युनिष्ट फुटाएर समाप्त पार्ने खोजेका हुन् । कम्युनिष्ट विखण्डन गर्ने नाइकेले गोदावरी मेला गरेर कमल थापाका समर्थन बढाउन खोज्दैछन् । त्यसको केही औंचित्य छैन् । अनेरास्ववियूमा पनि केही केपी ओलीीका नव मण्डलेहरुलाई परास्त गर्नुपर्ने छ ।’

बैठकमा अध्यक्ष पराजुलीले अबको स्ववियु निर्वाचनमा अनेरास्वविययू पहिलो विद्यार्थीको रोजाइ हुने दावी गरे । बैठकबाट सात प्रदेशका अनेरास्ववियू प्रदेश संयोजकसमेत तोकिएको छ ।

बैठकले प्रदेश नम्बर १ को संयोजकमा राजु थाम्सुहाङलाई तोकेको छ भने प्रदेश २ को संयोजकमा राजकुमार विक, बागमती प्रदेशको संयोजक (उपत्यका) प्रदिप थापा (उपत्यका बाहिर) दिपक बुढाथोकी रहेका छन् ।

यस्तै, गण्डकी प्रदेश संयोजकमा ठाकुर पराजुली, लुम्बिनी प्रदेश संयोजकमा टेकेन्द्र मल्ल र कर्णालीको संयोजकमा भुपेन्द्र शाही र सुदूरपश्चिम प्रदेशको संयोजक रमेश बटलालाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्